कांग्रेस नेता रमेश लेखकविरुद्धको स्थान हद फुकुवा

कांग्रेस नेता रमेश लेखकविरुद्धको स्थान हद फुकुवा

काठमाडौँ – जेनजी आन्दोलनताकका गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकमाथि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद फुकुवा गरेको हो।

बुधबार पुरक बयानपछि आयोगले उनीविरुद्धको स्थान हद फुकुवा गरेको हो। आयोगले बिहीवार गृह मन्त्रालयमार्फत स्थान हद फुकुवा गरेको जानकारी गराइसकेको छ।

गत असोज १२ गते स्थान हद लगाएको थियो।

खबरपाटी
खबरपाटी