एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी

काठमाडौँ - भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ।

बिहीवार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले प्रधानमन्त्री कार्कीले काम कहाँसम्म पुग्यो भन्नेबारे जिज्ञासा राखेको र आफूले जानकारी गराएको बताए।

उनले एक महिना समय थप भएको र सोही समयभित्र प्रतिवेदन सरकारलाई बुझाउने तयारीमा आफू रहेको पनि बताए। उनले काँग्रेस नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएको पनि जानकारी दिए।

कार्कीले भने, ‘काम कहाँ पुग्यो भन्नेबारे छलफल भयो। एक महिना समय थपिएको छ। त्यस समयभित्रै बुझाउँछौँ। रमेश लेखकको बयान सकिसक्यो। ओलीजीलाई बोलाउने क्रममा छौँ। उहाँलाई हामी चिठी काट्दै छौँ।’

अध्यक्ष कार्कीले अध्यक्ष ओली बयानका लागि नआएमा थप निर्णय गर्ने बताए।

खबरपाटी
खबरपाटी