रास्वपाको समानुपातिक बन्दसूचीप्रति तोसिमाको आपत्ति

रास्वपाको समानुपातिक बन्दसूचीप्रति तोसिमाको आपत्ति

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको बन्दसूचीमा आपत्ति जनाएकी छिन्। उनले आफन्तवाद र नातावादको अन्त्य गर्न माग गरेकी छिन्।

मध्यराति सामाजिक सञ्जाल फेसबुकमा लेखेर उनले रास्वपाले पेशगरेको सूचीले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न गरेको बताएकी छिन्। ‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सूचीले कर्णाली बोल्नुपर्छ। सुदूरपश्चिम बोल्नुपर्छ। सूचीले गाउँ बोल्नुपर्छ’, उनले लेखेकी छिन्, ‘तर, पार्टीको नेतृ्त्वका आफन्तहरु र पार्टीको भाइटल पोष्टमा हुनेहरु नै समानुपातिक सूचीको लागि आकाङ्क्षी हुनु र त्यही आफ्नो स्पेस बनाउनुरबनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन!’

उनले पार्टीका पदाधिकारीहरुलाई समानुपातिकमा राखिएकोप्रति पनि असन्तुष्टि व्यक्त गरेकी छन्। उनले पार्टीले प्राइमरी भोटिङको धज्जी उडाएको आरोप लगाएकी छिन्।

खबरपाटी
खबरपाटी