प्रतिनिधि सभा निर्वाचनका लागि ज्ञानेन्द्र शाही ६ ठाउँबाट सिफारिस

प्रतिनिधि सभा निर्वाचनका लागि ज्ञानेन्द्र शाही ६ ठाउँबाट सिफारिस

काठमाडौं -  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई विभिन्न ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

उनलाई जुम्ला, ललितपुर–१, भक्तपुर–१, रुपन्देही–२, सुर्खेत–२ र कञ्चनपुर–२ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।

राप्रपाले फागुन २१ को निर्वाचनको तयारी स्वरुप उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। अन्तिम उम्मेदवार टुंगो लगाउने निर्णय भने आगामी केन्द्रीय बैठकबाट हुने बताइएको छ। 

खबरपाटी
खबरपाटी