जेनजी आन्दोलनको छानबिन : पूर्वगृहसचिवसहित तीन जनालाई तोकेको स्थानहद फुकुवा

जेनजी आन्दोलनको छानबिन : पूर्वगृहसचिवसहित तीन जनालाई तोकेको स्थानहद फुकुवा

काठमाडौँ - भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहसचिवसहित तीन जनालाई तोकेको स्थानहद फुकुवा गरेको छ।

पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआइजीपी चन्द्रकुबेर खापुङ र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो। 

गत कात्तिक २७ तीन जनामाथि आयोगले विदेश भ्रमणमा रोक लगाउँदै आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।

आयोगले उनीहरूको बयान लिएपछि उक्त निर्णय गरेको हो । अब आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिने तयारी गरेको छ। 

खबरपाटी
खबरपाटी