आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार काठमाडौँमा एकता सन्देश सभा गर्दैछ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा मध्याह्न १२ बजेपछि भृकुटीमण्डपमा सभा हुन लागेको हो।
बिहान ११ः३० बजे सुन्धारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुस जम्मा हुनेछन्। सबै जना एकीकृत भएपछि जुलुस शरु भई भृकुटीमण्डपमा सभामा परिणत हुनेछ।
सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
पार्टी एकता सन्देश दिनका लागि नेकपाले मंसिर १२ गतेदेखि सातै प्रदेशमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै आएको छ। गत कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वटा वामपन्थी घटक मिलेर नेकपा बनाएका थिए ।