रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेशी

रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेशी

काठमाडौँ - सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बिहीबार पेशी तोकिएको छ ।

यो मुद्दा गत साता हेर्न नमिल्नेमा परेको थियो। यसअघि दुई पटक लामिछानेका कानून व्यवसायीले निवेदन दिएपछि बहस रोकिएको थिए ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रूपन्देहीका  न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रिहा गर्न अस्वीकार गरेको थियो।

त्यसपछि लामिछाने गत भदौ ९ गते उच्च अदालत गएका थिए। 

खबरपाटी
खबरपाटी