काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि सिंहदरबारको आफ्नै भवनबाट शिक्षा तर्फको सेवा सुरु गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।
जेनजी आन्दोलनको क्रममा मन्त्रालय जलेपछि सबै सेवा केशरमहलबाट सुचारु गरिएकाे थियो।
सूचनामा भनिएको छ,‘मन्त्रालयबाट प्रवाह हुने सेवा २०८२/०५/३१ गतेदेखि केशरमहलबाट हुँदै आएकोमा २०८२/०७/१६ गते दिनको ३ बजेदेखि शिक्षातर्फका महाशाखाबाट प्रवाह हुने सेवा सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवनबाट सञ्चालन हुने व्याहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’
मन्त्रालयका अनुसार विज्ञानतर्फका महाशाबाट प्रवाह हुने सेवा हालका लागि केशरमहल र सिंहदरबार दुवै स्थानबाट सञ्चालन हुने र मन्त्रालयका सानोठिमीमा रहेका वैदेशिक अध्ययन अनुमतिपत्र शाखा, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा र छात्रवृत्ति शाखाबाट प्रदान हुँदै आएको सेवा पूर्ववत स्थानबाटै निरन्तर सुचारू हुने छ।