माओवादी केन्द्र, नेकपा एस सहित ८ वटा दलबीच पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर

माओवादी केन्द्र, नेकपा एस सहित ८ वटा दलबीच पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर

काठमाडौँ - नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित ८ वटा दलबीच पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको छ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतवार साँझ बसेको कार्यदलको बैठकमा आठ राजनीतिक दलहरूबीच १८ बुँदे सहमति भएको हो।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत कम्युनिष्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता भएको पार्टी एकता सहमतिपत्रमा उल्लेख छ।

नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी‚ जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी‚ नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) का बीचमा पार्टी एकता र कम्युनिष्ट एकीकरणको प्रक्रिया अगाडी बढाउनका लागि १८ बुँदामा सहमति गरिएको बताइएको छ। 

खबरपाटी
खबरपाटी