उच्च अंकले बढ्यो शेयर बजार, २६०० बिन्दुमा पुग्यो नेप्से

उच्च अंकले बढ्यो शेयर बजार, २६०० बिन्दुमा पुग्यो नेप्से

काठमाडौं, १३ कात्तिक । बिहीवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३४.२२ अंकले बढेर २,६०० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २१६ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ७ अर्ब ५१ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा गुँरास लघुवित्त र उन्नती सहकार्य लघुवत्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् 

त्यसैगरी, एनआइबिएल स्टेबल फन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.७० प्रतिशतका दरले गुमाएका हुन् ।

खबरपाटी
खबरपाटी