आज सुन तोलामा ३ हजार रुपैयाँले बढ्यो,कतिमा हुँदैछ त कारोबार ?

आज सुन तोलामा ३ हजार रुपैयाँले बढ्यो,कतिमा हुँदैछ त कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा ३ हजार रुपैयाँ र चाँदी तोलाको १०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको ३ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार २५ रुपैयाँमा कारोबार भएको थियो । 

खबरपाटी
खबरपाटी