आज नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा : कारोबार रकम घट्यो

आज नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा : कारोबार रकम घट्यो

काठमाडौं - पहिलो तीन मिनेटमा सकारात्मक ‘सर्किट’ लागेको सेयर बजार बिहीबार (असोज २३) अन्तिममा २१ अंकले बढेर बन्द भएको छ । बजार खुलेको पहिलो तीन मिनेटमा ४ प्रतिशत बढेर नेप्से परिसूचक २० मिनेटका निम्ति बन्द भएको थियो । त्यसपछिको कारोबारमा बजार सम्हालियो ।

यस दिन नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा बन्द भएको छ । कारोबार रकम भने घटेको छ ।

पाँच अर्ब २७ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार (असोज २२) पाँच अर्ब ७६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

२०० कम्पनीको सेयर मूल्य बढेको छ । ४१ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर किनबेच भएको छ । यो कम्पनीको २७ करोड ३४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये व्यापार समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक १.४८ प्रतिशतले घटेको हो ।

खबरपाटी
खबरपाटी