आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ। बैठक बिहान ११ बजे प्रज्ञा भवनमा शुरु हुनेछ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश गर्ने प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी फागुन २१ गतेको आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेण्डामा बैठकमा छलफल हुनेछ । जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिने कार्यक्रम समेत रहेको जनाइएको छ।
बैठकमा केन्द्रीय सदस्य, आयोगका सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि र प्रदेश पदाधिकारीलाई आमन्त्रण गरिएको छ।
यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गरेको थियो।