सुन आइतबार ११ सयले बढ्यो, चाँदी हालसम्मकै महंगो

सुन आइतबार ११ सयले बढ्यो, चाँदी हालसम्मकै महंगो

स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ११ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

संघका अनुसार शुक्रबार दुई लाख १६ हजार रूपैयाँमा कारोबार भएको थियो। आइतबार भने  दुई लाख १७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। 

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि प्रतितोला ४० रूपैयाँले बढेको छ। 

शुक्रबार दुई हजार पाँच सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला ४० रूपैयाँले बढेको छ। 

खबरपाटी
खबरपाटी