जेनजी शहीदको सम्झनामा काँग्रेस काठमाडौँ महानगरद्वारा दीप प्रज्वलन

जेनजी शहीदको सम्झनामा काँग्रेस काठमाडौँ महानगरद्वारा दीप प्रज्वलन

काठमाडौँ -- नेपाली काँग्रेसको काठमाडौँ महानगर समितिको जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरूको शोकमा दीप प्रज्वलन गरेको छ।

शनिवार साँझ रत्नपार्कस्थित शान्ति वाटिकामा भेला भई काठमाडौँ महानगर समितिले दीप प्रज्वलन गरी शोक व्यक्त गरेको हो। दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका नेताहरू सहभागी थिए।

गत भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको छ। सयौँ मानिस उपचाररत छन्।

आन्दोलनका मृतकको चिर शान्तिको कामना गर्दै समितिले दीप प्रज्वलन र श्रद्धाञ्जलि अर्पण गरेको हो।

सरकारले जेनजी आन्दोलनका क्रममा निधन भएकालाई शहीद घोषणा गरिसकेको छ। मृतकका परिवारलाई १५ लाख दिने निर्णय गरेको छ।

जेनजीको आन्दोलन प्रतिनिधिसभाबाट निर्वाचित सरकार ढलेर अन्तरिम सरकार बनेको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउँदै छ।

 


 

खबरपाटी
खबरपाटी