आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – काठमाण्डौको गोंगबु नयाँ बसपार्कमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालनमा आएको छ । आज काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी दान बहादुर कार्कीले नागरिक सहायता कक्षको उद्घाटन गर्नुभयो ।
नयाँ बसपार्कसहित उपत्यकाको १५ ठाउँमा नागरिक सहायक कक्ष सञ्चालन गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव टेकनाथ गौतमले जानकारी दिनुभयो । उपत्यकाको चाबहिल, गौशाला, बल्खु, कलङ्की, लगायत बनेपामा पनि नागरिक सहायता आजदेखि सञ्चालनमा आएको उहाँले बताउनुभयो ।