सुमनाले भनिन्- ‘मन्त्री बन्न लागेको हैन, कोही भ्रममा नपर्नू होला’

सुमनाले भनिन्- ‘मन्त्री बन्न लागेको हैन, कोही भ्रममा नपर्नू होला’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नहुने बताएकी छन् । 

सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै उनले आफू मन्त्री बन्न लागेको भनी चलाइएका हल्लाको खण्डन गरेकी हुन् ।

उनी शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहणमा उपस्थित भएपछि यस्तो अनुमान लगाएर चर्चा भएका थिए । भ्रममा कोही पनि नपर्न भन्दै उनले नयाँ सरकारमा मन्त्री नबन्ने बताएकी छन् ।

उनले भनिन्–कलिला भाइबहिनीहरूको दाहसंस्कार सकिएको छैन । उहाँहरूको यो बलिदानबाट आएको परिवर्तनमा म जस्तो अवसर पाएर, आफ्नो काम गर्ने मौका पाएर काम गरेकाहरूले मन्त्री बन्ने सपना नराखौं भन्न चाहन्छु ।

उनले आफ्नो उद्देश्य ‘सत्ता होइन, सेवा गर्ने’, ‘कुर्सी होइन, कर्म गर्ने’ र ‘नाम होइन, काम गर्ने’ रहेको उल्लेख गरेकी छिन्।

खबरपाटी
खबरपाटी