सुनको भाउ आज एकैदिन ३ हजार १ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिन ३ हजार १ सय रुपैयाँले बढ्यो

काठमाण्डौ – हिजो घटेको सुनचाँदीकोे भाउमा आज फेरि कीर्तिमान कायम भएको छ । सुनको भाउ आज एकैदिन तीन हजार एक सय रुपैयाँले बढेको छ । सुन आज तीन हजार एक सय रुपैयाँले बढेर दुई लाख १४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ दुई लाख ११ हजार छ सय रुपैयाँ थियो । अस्ति तोलाको दुई लाख १२ हजार पुगेको थियो । 

यस्तै, आज चाँदीको भाउमा पनि कीर्तिमान कायम भएको छ । आज  चाँदी तोलामा ४० रुपैयाँले बढेर दुई हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार चार सय ७५ रुपैयाँ थियो भने अस्ति चाँदीको भाउ दुई हजार पाँच सय रुपैयाँ थियो ।

खबरपाटी
खबरपाटी