युवा व्यवसायी 'डिल्ली राम पंगेनी'एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२५' बाट सम्मानित

युवा व्यवसायी 'डिल्ली राम पंगेनी'एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२५' बाट सम्मानित

काठमाडौं । नेपाली युवा उद्यमी, सफल व्यवसायी तथा सामाजिक अभियन्ता  डिल्ली राम पंगेनीलाई 'यूथ बिजनेस लिडरसिप अवार्ड २०२५' बाट सम्मान गरिएको छ। उहाँलाई यो सम्मान नेपाल र एशियाका विभिन्न देशका प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा आयोजित 'एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२५' समारोहमा प्रदान गरिएको हो।

​सिजन मिडियाद्वारा आयोजित यस भव्य कार्यक्रम ललितपुरको द प्लाजा, पुलचोकमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपालका पूर्वप्रधानमन्त्री तथा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' रहनुभएको थियो। 

यस अवार्डले पंगेनीले युवा व्यवसाय र सामाजिक क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गरेको आयोजकले जनाएको छ।​सम्मान ग्रहणपछि आफ्नो व्यावसायिक यात्रा र सामाजिक कार्यलाई अझै उचाइमा पुर्याउन यो सम्मानले ठूलो प्रेरणा दिएको बताउनुभयो। उहाँले यो अवार्डलाई सम्पूर्ण युवा उद्यमीहरूलाई समर्पित गर्दै यसले अन्य युवाहरूलाई पनि उद्यमशीलता र नेतृत्वको लागि प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो।

खबरपाटी
खबरपाटी