सुनको मूल्य घट्दा चाँदीको सामान्य वृद्धि, प्रतितोला कति ?

सुनको मूल्य घट्दा चाँदीको सामान्य वृद्धि, प्रतितोला कति ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 


अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।   

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ । 

खबरपाटी
खबरपाटी