आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – नेपाल र भारतबीच पर्सि मङ्गलवार गृह सचिवस्तरीय बैठक हुने भएको छ । यसअघि सन् २०१६ मा भएको यस्तो बैठक ९ वर्षपछि पुनः हुन लागेको हो ।
नेपालले लिम्पियाधुरा, लिपुलेकसहितका भू–भाग समेटेर नक्शा जारी गरेपछि दुई देशका गृह सचिव स्तरीय बैठक हुन सकेको थिएन । बैठकमा सहभागी हुन गृह सचिव गोकर्णमणि दवाडीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल भारत जाने गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार दुई दिने बैठकमा अन्तरदेशीय अपराध, सीमा व्यवस्थापन, सीमाका पिलरहरूको मर्मत र तस्करी नियन्त्रणका विषयमा छलफल हुने छ ।