आज पनि पूर्णरूपमा अवरुद्ध छन् यी ६ सडक

आज पनि पूर्णरूपमा अवरुद्ध छन् यी ६ सडक

काठमाडौँ । बाढी र पहिरोको कारण आज पनि देशका विभिन्न सडक अवरुद्ध अवस्थामा छन्। अहिले ६ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ। 


बाढीपहिरोले संखुवासभाको कोसी राजमार्ग, पाँचथरको मेची राजमार्ग, पाँचथरकै तमोर करिडोर सडक, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, रोल्पाको सहीद राजमार्ग र रुकुमपश्चिमको जाजरकोट(डोल्पा(भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध छ। 


त्यसैगरि काठमाडौँको काठमाडौँ-नुवाकोट सडक, बागलुङको मध्पहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडक तथा रोल्पाको सहीद राजमार्ग एकफर्ती मात्रै खुलेका छन्। 


अवरुद्ध सडकको पहिरो हटाउनेसहितका मर्मतको काम जारी रहेको प्रहरीले जनाएको छ। 

खबरपाटी
खबरपाटी