नेपालमा लजिस्टिक्स क्षेत्रलाई आधुनिक बनाउन लक्ष्यसहित सारथी लजिस्टिक्स प्रा.लि. ले आजबाट आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ। स्वयम्भू ठुलोभ¥याङ, काठमाडौं स्थित केन्द्रीय कार्यालयबाट सञ्चालन प्रारम्भ गर्दै कम्पनीले पहिलो चरणमै १५ वटा शाखा मार्फत देशव्यापी सेवा सुरु गरेको हो।
बिरगञ्ज, नारायणघाट, विराटनगर, बुटवल, भैरहवा, हेटौंडा, पोखरा, इटहरी, धनगढीलगायतका मुख्य शहरमा सेवा उपलब्ध गराउँदै सारथीले सुरुवातमै Partial Truck Load (PTL), Full Truck Load (FTL), कुरीयर तथा पार्सल, फ्लीट व्यवस्थापन, गोदाम सेवा र वितरण प्रणाली सञ्चालनमा ल्याएको छ।
कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपाने ले भने, “हामी प्रविधिको प्रयोगमार्फत नेपालमा लजिस्टिक्स सेवा पारदर्शी, छरितो र व्यावसायिक बनाउन प्रतिबद्ध छौं। मोबाइल एप र वेब प्लेटफर्मबाट बुकिङ, जीपीएस ट्र्याकिङ र डिजिटल अन्तरक्रियाजस्ता सेवा हामीले सुरु गरेका छौं।”
सारथी लजिस्टिक्स आईटी विज्ञ, चार्टर्ड अकाउन्टेन्ट र अनुभवी व्यवसायिक टोलीद्वारा सञ्चालित कम्पनी हो। कम्पनीले नेपालमा हालसम्मको विखण्डित लजिस्टिक्स प्रणालीमा नयाँ ढंगले सुधार ल्याउँदै एकीकृत र टेक-इनेबल्ड सेवा दिन थालेको बताइएको छ।
कम्पनीले आगामी दिनमा लजिस्टिक्सको गुणस्तर, गति र भरपर्दोपनमा नयाँ मापदण्ड स्थापना गर्ने र व्यवसाय तथा व्यक्तिलाई विश्वसनीय साझेदार बन्ने दाबी गरेको छ।