पशुपतिमा साउनको भीड

पशुपतिमा साउनको भीड

काठमाडौँ । श्रावण महिनाको पहिलो दिन श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै बाक्लो उपस्थिति देखिन्छ।


भगवान शिवको आराधनाका लागि विशेष मानिने यस महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहँदी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै पशुपतिनाथमा पूजा अर्चना गर्न पुग्छन् । 

 श्रावणको शुरूआतसँगै मन्दिर परिसर श्रद्धालुहरूको भीडले भरिएको छ ।

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनलाई आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहेको छ। 

साउनदेखि नै सूर्य दक्षिणतर्फ हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरू हुन्छ। माघ १ गते शुरू हुने उत्तरायण र साउन १ गते शुरू हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाउने चलन छ ।

खबरपाटी
खबरपाटी