सरकारबाटै गणतन्त्रमाथि खतरा : प्रचण्ड

सरकारबाटै गणतन्त्रमाथि खतरा : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारबाटै गणतन्त्रमाथि खतरा रहेको टिप्पणी गरेका छन् । राजावादी वा व्यवस्थाविरोधीबाट गणतन्त्र जोखिममा नरहेको उनको भनाइ छ ।

सोमबार असार ३० प्रतिनिधिसभा बैठकमा उनले गणतन्त्रप्रति विश्वास बढाउने विषय सरकारको प्राथमिकतामा नपरेको जिकिर गरे । “गणतन्त्रमाथि खतरा छ भने त्यो राजावादी वा व्यवस्थाविरोधीहरूबाट छैन,” प्रचण्डले भने, “गणतन्त्रमाथि खतरा छ भने यो सरकारको काम–कारबाहीबाट छ ।”

उनले गणतन्त्रविरोधी जुर्मुराउने आधार सरकारले नै तयार पारिदिएको टिप्पणी गरे । व्यवस्थाविरोधीको प्रतिवाद पनि प्रतिपक्षले नै गरिदिनुपरेको उनले बताए ।

खबरपाटी
खबरपाटी