काठमाडौँ जिल्ला अदालत बार एशोसिएशनको निर्वाचनमा अधिवक्ता हेमलता जिसी कोषाध्यक्ष पदका उम्मेदवार

काठमाडौँ जिल्ला अदालत बार एशोसिएशनको निर्वाचनमा अधिवक्ता हेमलता जिसी कोषाध्यक्ष पदका उम्मेदवार

काठमाडौँ — काठमाडौँ जिल्ला अदालत बार एशोसिएशनको कार्यसमिति निर्वाचन २०८२ का लागि अधिवक्ता हेमलता जिसी कोषाध्यक्ष पदमा (क्र.सं. १) उम्मेदवार भएकी छन्।

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (PPLA) को तर्फबाट अध्यक्ष पदका उम्मेदवार अधिवक्ता सुरेन्द्र तिवारी नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएकी हेमलता जिसीले कानून व्यवसायमा आफ्नो सक्रिय सहभागिता, इमानदारी, र पेशागत उत्तरदायित्वका आधारमा निर्वाचनमा विजय हासिल गर्ने विश्वास व्यक्त गरेकी छन्।

हेमलता जिसीले पेशागत दक्षता र संस्थागत पारदर्शितालाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै, “बार एशोसिएशनको वित्तीय पक्षलाई मजबुत, पारदर्शी र उत्तरदायी बनाउने मेरो मुख्य उद्देश्य हो”, भनी बताएकी छन्।

उनले सम्पूर्ण कानून व्यवसायी साथीहरूलाई आफ्नो प्यानललाई अत्याधिक बहुमतले विजयी गराइदिन अपिल गरेकी छन्।

खबरपाटी
खबरपाटी