विद्यालय शिक्षा विधेयक अड्किएपछि देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री

विद्यालय शिक्षा विधेयक अड्किएपछि देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री

काठमाडौँ । शिक्षामन्त्री रघुजी पन्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन्। सोमबार दिउँसो शिक्षा मन्त्री  पन्त देउवालाई भेट्न सानेपा पुगेका हुन् । 

विशेषतः विद्यालय शिक्षा विधेयकमा नेपाल शिक्षक महासङ्घले असहमति जनाएपछि शिक्षामन्त्री पन्त देउवालाई भेट्न सानेपा पुगेका हुन्। 

नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकहरू र शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि समितिबिच असार १५ गते भित्र शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्धता सहित हस्ताक्षर गरिएको थियो । तर विधेयक प्रतिनिधि सभाबाट पारित हुन सकेको छैन । 

खबरपाटी
खबरपाटी