प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिँदै

प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नको जवाफ दिर्ने सम्भावित कार्यसूची छ । 

आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

 

खबरपाटी
खबरपाटी