इजरायलको आक्रमणमा परी इरानको इन्टेलिजेन्स प्रमुखको मृत्यु

इजरायलको आक्रमणमा परी इरानको इन्टेलिजेन्स प्रमुखको मृत्यु

इजरायलको आक्रमणमा परी इरानको इस्लामिक रिभोलुस्नरी गार्ड कोर ९आईआरजीसी० को इन्टेलिजेन्स युनिट प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको छ ।

इरानको सरकारी मिडियाले यसको पुष्टि गरेको हो । तस्मिन न्युज एजेन्सी तथा इरानको सरकारी टेलिभिजनले काजेमीका अलावा उनका डेपुटी हसन मोहकेक तथा कमान्डर मोहसिन बाकेरीको पनि उक्त आक्रमणमा परी मृत्यु भएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबारदेखि भएकी इजरायली आक्रमणमा हालसम्म २२४ जनाको मृत्यु भएको छ ।

उता इरानले पनि इजरायलमाथि पुनः मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणमा परी १० जनाभन्दा बढीको मृत्यु भएको इजरायलले जनाएको छ ।

खबरपाटी
खबरपाटी