एक तोला सुनको मूल्य १ लाख ९७ हजार नाघ्यो

एक तोला सुनको मूल्य १ लाख ९७ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार एक तोलामा चार हजार बढी रुपैयाँले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार  आज ४ हजार २०० रुपैयाँले वृद्धि भइ एक तोला सुनको मूल्य १ लाख ९७ हजार १०० कायम भएको हो।


अघिल्लो दिन एक तोला सुनको मूल्य  १ लाख ९२ हजार ९०० रुपैयाँ पुगेको थियो। 

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ।  यसदिन एक तोला चाँदी  २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक तोला चाँदीको मूल्य २१ सय ५० कायम भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

खबरपाटी
खबरपाटी