साताको दोस्रो दिन घट्यो सुनको मूल्य

साताको दोस्रो दिन घट्यो सुनको मूल्य

काठमाडौं ।  दोस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको छ। आज सुन एक सय रुपैयाँ घटेर कारोबार भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन एक लाख ९० हजार छ सय रुपैयाँ कायम भएको छ। आइतबार हिजो एक लाख ९० हजार ७०० कायम भएको थियो। 

आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर दुई हजार एक सय ५० रुपैयाँ  पुगेको छ।

खबरपाटी
खबरपाटी