पुँजी बजार विकासका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल

पुँजी बजार विकासका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री बिष्णु पौडेलले विकासमा नेपाल धितोपत्र बोर्डले उत्कृष्ट काम गरिरहेको बताएका छन् ।

आईतबार बोर्डको ३३ औं वार्षिकोत्सब समारोह कार्यक्रममा उनले यस्तो बताएका हुन् । बोर्डलाई गुणात्मक रुपमा बिकास गर्न सरकार लागिरहेको उनको भनाई छ । राम्रो काम गर्नु पर्ने र राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डित गर्नु पर्ने अर्थ मन्त्रीको भनाई छ ।

पुँजी बजारको विकासका लागि सरकार तयार रहेको उनले बताए । भित्रि कारोबारका विषयमा पनिक बोर्डले काम गर्नु पर्ने आबश्यकता रहेको उनको भनाइ छ । बजार विकास र विस्तारमा सबैसँग हातेमालो गरेर उन्नत संस्थाका रुपमा बोर्डले काम गर्ने विश्वास अर्थमन्त्रीको भनाइ छ ।

खबरपाटी
खबरपाटी