सेयर बजारमा ३५.०७ अंकको गिरावट

सेयर बजारमा ३५.०७ अंकको गिरावट

काठमाडौं । सेयर बजारमा ३५.०७ अंकको गिरावट आएको छ । मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज नेप्से ३५.०७ अंकले घटेर २६५९.५९ विन्दुमा खुम्चिएको छ ।

अघिल्लो कारोबार दिन सोमबार नेप्से १.६० प्रतिशतले बढेको थियो भने गत साताको बुधबार १७.४४ अंकले उकालो लागेको थियो ।


मंगलबार नेप्सेमा कुल ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार भने नेप्सेमा कुल ८ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।


मंगलबार कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको घटेको छ ।

आज ओम मेगाश्री र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अधिकांश समूहको मूल्य घटेको छ ।

मंगलबार बैंकिङ समूहको सेयर मूल्य २.२४ प्रतिशत, विकास बैंक समूह १.२९ प्रतिशत, होटल तथा पर्यटन समूह २.०५ प्रतिशत, लगानी समूह १.२८ प्रतिशत र लघुवित्त समूह १.१५ प्रतिशतले संकुचित बनेको छ ।

खबरपाटी
खबरपाटी