लाङटाङ ट्रेल रन: साहसिक पर्यटन प्रवर्द्धनका लागि ८० खेलाडीसहितको दौड, पत्रकार टोली पनि सहभागी

लाङटाङ ट्रेल रन: साहसिक पर्यटन प्रवर्द्धनका लागि ८० खेलाडीसहितको दौड, पत्रकार टोली पनि सहभागी

काठमाडौं — साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रसुवा-नुवाकोट पर्यटन समाज र बागमती प्रदेश सरकार (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) को संयुक्त आयोजनामा लाङटाङ ट्रेल रन कार्यक्रम सञ्चालन हुँदैछ।

३२ किलोमिटर लामो दौड प्रतिस्पर्धा यही जेठ २४ गते क्यान्जिङ गुम्बादेखि स्याफ्रुबेसीसम्म हुनेछ। प्रतिस्पर्धामा स्वदेशी तथा विदेशी गरी ८० जना खेलाडीको सहभागिता रहने आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमबारे जानकारी दिँदै रसुवा-नुवाकोट पर्यटन समाजका अध्यक्ष बालाराम न्यौपानेले लाङटाङ क्षेत्रलाई साहसिक पर्यटन गन्तव्यको रूपमा थप स्थापित गर्न ट्रेल रन महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गरे।

कार्यक्रमको सूचना सम्प्रेषण तथा स्थलगत रिपोर्टिङका लागि पत्रकारको टोली पनि उक्त क्षेत्रतर्फ प्रस्थान गर्दैछ। लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठानको नेतृत्वमा सञ्चारकर्मी, सम्पादक, संवाददाता र क्यामभचबउर्सनसहित १५ सदस्यीय टोली जेठ २० गते बिहान काठमाडौंबाट लाङटाङतर्फ प्रस्थान गर्नेछ।

प्रतिष्ठानका महासचिव सुदर्शन आचार्यका अनुसार टोलीले कार्यक्रमको छायांकन तथा रिपोर्टिङमार्फत लाङटाङ क्षेत्रको पर्यटन सम्भावनालाई उजागर गर्नेछ।
 

खबरपाटी
खबरपाटी