राष्ट्रपतिलाई अर्थमन्त्रीको बजेट ब्रिफिङ

राष्ट्रपतिलाई अर्थमन्त्रीको बजेट ब्रिफिङ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे जानकारी गराएका छन्।

आज शीतलनिवास पुगेर अर्थमन्त्रीले आगामी बजेटको योजना र तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएको अर्थ मन्त्रालयले बताएको हो।

सरकारले आगामी जेठ १५ मा आर्थिक २०८२/८३ को बजेट सार्वजनिक गर्ने तयारी छ। बजेटअघि आजै अर्थमन्त्री पौडेलले संसदमा आर्थिक सर्वेक्षण पेस गर्नेछन्।
 

 

खबरपाटी
खबरपाटी