लुम्बिनी टुरिजम मिडिया अर्गनाइजेसनको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा शर्मा,बरिस्ठ उपाध्यक्षमा धिताल

लुम्बिनी टुरिजम मिडिया अर्गनाइजेसनको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा शर्मा,बरिस्ठ उपाध्यक्षमा धिताल

काठमाडौं जेठ ९ । लुम्बिनी टुरिजम मिडिया अर्गनाइजेसनको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले १५ सदस्यीय कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको छ। अधिवेशनले केशव शर्मा दाहालको अध्यक्षतामा कार्यसमिति निर्वाचित गरेको हो।अर्गनाइजेसनको बरिस्ठ उपाध्यक्षमा शिला धिताल ,महिला उपाध्यक्षमा अप्सरा गौतम, महासचिवमा सुदर्शन आचार्य,,उपमहासचिवमा तेजना पण्डित,सचिवमा रेखा श्रेष्ठ, सहसचिवमा कल्पना सानू भट्टराई र कोषाध्यक्षमा रक्तिम दैलेखीलाई चयन गरिएको छ।

सदस्यहरूमा तेजवीर विक,डीआर न्यौपाने,हेमलता जिसी, संगीता थापा, ममता थापा,पुष्पा साउँद र प्रस्तुत कोइराला रहेका छन् । अर्गानाईजेसनको अधिवेशनले लाङटाङ मिडिया ट्रेकिङ र सिभिल एभियसन एण्ड जोर्नालिजम सम्बन्धि कार्यक्रम पनि गर्ने निर्णय  गरेको छ। अधिवेशनले सदस्य हेमलता जिसीको संयोजकत्वको उपसमितिले आवस्यक प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको छ।

आन्तरिक पर्यटन विकास गर्ने अर्गनाइजेसनको लक्ष्य रहेको छ । आन्तरिक पर्यटनको प्रवर्द्धनमा बाधा पुर्‍याउने विद्यमान नीति भित्रका अन्तरहरूको अन्वेषण र विश्लेषण, नीतिगत वर्तमान आवश्यकता, आन्तरिक पर्यटन प्रवर्द्धनका निक्ती सम्भावीत श्रोतहरुको पहिचान गरि मुलुकलाई आर्थिक रुपमा थप टेवा पुर्याउने अर्गनाइजेसनको लक्ष्य छ ।

खबरपाटी
खबरपाटी