काठमाडौं, २०८२ जेठ ६ – प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट ब्ल्याकभ्यू ट्याब मेगा २ नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधि र उपयोगी सुविधाहरूको संयोजनले यो ट्याब्लेटले उपभोक्ताको उल्लेखनीय ध्यान आकर्षित गरेको छ।
ब्ल्याकभ्यू ट्याब मेगा २ मा १२ इन्चको एचडी+ आईपीएस डिस्प्ले दिइएको छ, जसको १२०० x २००० पिक्सेल रिजोलुसन र ६० हर्ट्ज रिफ्रेस रेट रहेको छ। यस ट्याब्लेटलाई युनिसक टाइगर टी६१५ अक्टा-कोर प्रोसेसरले सञ्चालित गर्छ भने ८ जीबी वा १२ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेजको विकल्पमा उपलब्ध छ। साथै, स्टोरेजलाई २ टेराबाइटसम्म माइक्रोएसडी कार्डमार्फत विस्तार गर्न सकिन्छ।
ट्याब्लेटमा ९,००० एमएएच क्षमताको ब्याट्री दिइएको छ, जसले १८ वाटको फास्ट चार्जिङ समर्थन गर्छ। क्यामेरातर्फ, १६ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ।
यसमा एन्ड्रोइड १५ आधारित डोक ओएस ५.० अपरेटिङ सिस्टम रहेको छ, जसले प्रयोगकर्तालाई सहज र अद्यावधिक अनुभव प्रदान गर्छ। साथै, डुअल-बक्स स्पिकर, वाइडभाइन एल१ सपोर्ट, र डुअल ४जी सिम स्लट जस्ता सुविधाहरू पनि यसमा समावेश छन्।
नेपालमा ब्ल्याकभ्यू ट्याब मेगा २ को मूल्य रू. ३१,९९९ निर्धारण गरिएको छ। इच्छुक उपभोक्ताहरूले यो ट्याब्लेट दाराज नेपाल (daraznepal.com), यन्त्र नेपाल (yantranepal.com) तथा काठमाडौंको ताम्राकार कम्प्लेक्सस्थित ग्याजेट्स सप (सप नं. ८) बाट खरिद गर्न सक्नेछन्।
मर्मत तथा सेवा सुविधाका लागि ताम्राकार कम्प्लेक्सको पाँचौं तलामा रहेको अधिकृत सर्भिस सेन्टरमा सम्पर्क गर्न सकिन्छ। ब्ल्याकभ्यूका नेपाल प्रतिनिधिका अनुसार, यो ट्याब्लेट मनोरञ्जन, अध्ययन तथा कामकाजका लागि उपयुक्त छ।
थप जानकारीका लागि ९८२५२४५००० मा सम्पर्क गर्न सकिनेछ।