सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँ घटेर एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । मंलबार चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो । 

खबरपाटी
खबरपाटी