आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा मङ्गलबार बिहान भेटवार्ता भएको हो ।
आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेता प्रचण्डसँग विमर्श गरेको उनको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार प्रतिनिधिसभामा सरकारले ल्याएको नीति तथा कार्यक्रमको आलोचना गरेका थिए । उनले परम्परा धान्न मात्र नीति तथा कार्यक्रम आएको टिप्पणी गरेका थिए ।
नीति तथा कार्यक्रममाथिको छलफल ससद्मा मङ्गलबार पनि जारी रहने छ ।