आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपियाँ ५१ पैसा र बिक्रीदर १३५ रुपियाँ ११ पैसा कायम भएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ २८ पैसा र बिक्रीदर ८७ रुपियाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ४५ पैसा र बिक्रीदर ९७ रुपियाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ३७ पैसा र बिक्रीदर १०४ रुपियाँ ८४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।


यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ६६ पैसा र बिक्रीदर १५३ रुपियाँ ३४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपियाँ १५ पैसा र बिक्रीदर १७९ रुपियाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपियाँ ४७ पैसा र बिक्रीदर १६४ रुपियाँ २० पैसा कायम गरिएको छ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ५० पैसा र बिक्रीदर १८ रुपियाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ८७ पैसा र बिक्रीदर ३६ रुपियाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ९० पैसा र बिक्रीदर ३७ रुपियाँ ०७ पैसा तोकेको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ३६ पैसा र बिक्रीदर १७ रुपियाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपियाँ ७७ पैसा र बिक्रीदर ४४० रुपियाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ३५६ रुपियाँ ७७ पैसा र बिक्रीदर ३५८ रुपियाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३४९ रुपियाँ ३८ पैसा र बिक्रीदर ३५० रुपियाँ ९४ पैसा र भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

खबरपाटी
खबरपाटी