नेप्से २६११ विन्दुमा, आठ अर्ब ७४ करोडको सेयर कारोबार

नेप्से २६११ विन्दुमा, आठ अर्ब ७४ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार परिसूचक १.०३ अंकले बढेर २६११.४३ विन्दुमा बन्द भएको हो ।

यस दिन कारोबार रकम बढेको छ । नेप्सेका अनुसार, आठ अर्ब ७४ करोड रुपैयाँका सेयर कारोबार भएको छ । सोमबार सात अर्ब ६३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । यस दिन १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको सेयर मूल्य घटेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक घटेको छ । 

खबरपाटी
खबरपाटी