ONF अमेरिकाको दोस्रो साधारण सभा Los Angeles मा May २६ मा हुदै, पूर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली प्रमुख अथितिको रुपमा आउँदै
४ वैशाख २०८१, मङ्गलवार
काठमाडौंः गैर आवासीय नेपाली संघ एनआरएनएका पूर्व महासचिव एवं एनआरएनए अभियन्ता डा. केशव पौडेलले एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठ नेतृत्वको टिमलाई बधाई ज्ञापन गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै उनले आफू एकताबद्ध एनआरएनएको पक्षमा रहेको भन्दै कुनै पनि पदमा नरहेर बाहिरबाट सघाउने बताए ।
‘म जहिले पनि एकताबद्ध एनआरएनएको पक्षमा रहँदै आएको छु,’ उनले भने,‘त्यसैले मैले यसपटक कुनै पनि पदमा नरहेर बाहिरबाटै सहयोग गर्ने निधो गरें ।’
डा. पौडेलले आफूलाई सघाउनकै लागि विभिन्न मुलुकबाट आएका मित्रहरु निराश भएको भन्दै क्षमायाचना गरेका छन् ।
आफ्ना सुभेच्छुक सबैप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन्,‘आउँदा दिनमा पनि एकताबद्ध एनआरएनए अभियानको लागि क्रियाशील रही रहने विश्वास दिलाउन चाहन्छु।’