सोरठि नाचमा प्रमुख अतिथि लाई नचाउॅंने तयारीमा ONF

सोरठि नाचमा प्रमुख अतिथि लाई नचाउॅंने तयारीमा ONF

अमेरिका । प्रबासी नेपाली मञ्च अमेरिकाको यहि मे २५ र २६ तारिखमा क्यालीफोरनियाको सुन्दर र प्रटकिय स्थल लस एन्जल्समा आयोजना गरिएको दोश्रो साधारण सभाको तयारी तिब्र रूपमा भई रहेको छ ! कार्यक्रमलाई अझ भब्य र आकर्षक बनाऊन मञ्चको मुल ब्यबस्थापन कमिटी अन्तर्गत हालै मात्र बिभिन्न कमिटीहरु गठन गरिएको थियो ।

त्यसै अन्तर्गत मञ्चका केन्द्रिय सदस्य घनश्याम खनालको संयोजकत्वमा गठन गरिएको सांस्कृतिक कमिटीले हिजो साँझ जुम मार्फ़त आफ्नो बैठक गरि साधारण सभामा प्रस्तुत गरिने सास्कृतिक कार्यक्रमहरूको लिस्ट तयार गरेको छ । कमिटीका अन्य सदस्यहरुमा चिरिन्जिबी गौतम, राजु श्रेष्ठ, प्रिया भण्डारी रहनुभएको छ ।

हालै मात्र प्रवासी नेपाली मञ्च अमेरिकाले कला, साहित्य र साँस्कृतिक क्षेत्रलाई ब्यबस्थित गर्न घनश्याम खनाल नै प्रमुख हुने गरि सांस्कृतिक बिभाग समेत गठन गठन गरिएको छ । सो बिभागको सचिबमा श्री बल टमट्टा र सदस्यमा पुष्पा घिमिरे रहनु भएको छ र सो बैठकमा उहाँहरुको पनि उपस्थिति रहेको थियो ।

उक्त कमिटिको पहिलो बैठक २ बुदे निर्णय गर्दै सम्पन्न भएको छ । मंचको दोस्रो बार्षिक साधारण सभामा विभिन्न जात जातिका भेष भुषा, कला संस्कृति झल्किने नाच गान प्रदर्शन गरिने छन । कार्यक्रमको प्रमुख आकर्षणको रुपमा मगर र गुरुङ सामुदायमा प्रचलित रहेको सोरठी नाच प्रमुख अथिति पूर्व पररास्ट्र मन्त्रि प्रदिप ज्ञवाली, बिशेष अथिति प्रबासी नेपाली मन्चका अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा लगायत सम्पूर्ण अथितिहरु सहित नाचिने योजना बनाईएको छ !

प्रवासी नेपाली मंच अमेरिकाका सास्कृतिक बिभाग प्रमुख घनश्याम खनाल र बिभागका सद्स्य पुष्पा घिमिरे बिच चल्ने लाईभ दोहोरी रोमांचक हुनेछ ! कार्यकममा बिशेष प्रस्तुतको लागि लोकप्रिय गायिका प्रिया भण्डारीलाई पनि आमन्त्रण गरिएको छ ! सो साधारण सभा बृहत सास्कृतिक कार्यक्रम बिच सम्पन्न हुने बताईएको छ । उक्त बैठकमा उपस्थित दोश्रो वार्षिक साधारण सभा मुल ब्यबस्थापन कमिटिका संयोजक भीम ओलीले अहिले सम्मको कार्यकमको ब्यबस्थापनको बारेमा चर्चा गर्दै कार्यक्रम प्रभाबकारी बनाउन सांस्कृतिक कमिटीको प्रभाबकारी भुमिका हुने कुरामा आफुलाई पूर्ण बिस्वास रहेको र कार्यक्रम तयारी गर्दा मुल ब्यबस्थापन कमिटिसँग समन्वय गर्न आग्रह गर्नु भयो ! बैठकमा कमिटीका सदस्य तथा प्रबासी नेपाली मन्च क्यालीफोर्निया च्यापटरका अध्यक्ष चिरिन्जिबी गौतमले सांस्कृतिक टोलीलाई आबस्यक पर्ने सम्पूर्ण सहयोग गर्ने र स्थानीय कलाकारहरूको नाचगान पनि प्रस्तुत गरिने जानकारी गराउनु भयो !

साथै, प्रचारप्रसार कमिटीका संयोजक विजय बगालेले साधारणसभा निकै रोमाञ्चक हुने जानकारी हामी लाई गराउॅंनुभएको थियो । ONF अमेरिकाको दोश्रो साधारण सभा मा प्रमुख अतिथिको रुपमा नेपालबाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र विशेष अतिथिको रुपमा अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको उपस्थिति रहने र प्रबासी नेपाली मन्चका राष्ट्रिय अध्यक्ष कृष्ण लामिछानेले अमेरिकामा कृयाशिल सबै संघ संस्थाका प्रमुखहरु लाई अथितिको रुपमा बोलाउनु भएको जानकारी समेत संयोजक बगालेले गराउनु भएको छ। हाम्रो तर्फ बाट कार्यक्रको भव्य सफलताको शुभकामना!

खबरपाटी
खबरपाटी

लोकप्रिय