आज सुन कतिमा हुँदैछ कारोबार ?

आज सुन कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सयले बढेर १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि आइतबार सुन तोलाको १ लाख ८४ हजार १०० मा कारोबार भएको थियो ।

आज चाँदी भने तोलामा स्थिर रहेको छ । आइतबार १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको महासंघले जनाएको छ । 

खबरपाटी
खबरपाटी