आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं। सुप्रिम हेल्थ केयरले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणमा प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँका दरले १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो।
आईपीओ निष्सकान गर्न कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
सम्झौतामा सुप्रिम हेल्थ केयरका कार्यकारी सञ्चालक मुकेश शर्मा र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरे।
औषधी उत्पादक कम्पनीका सुप्रिम हेल्थ केयरले ट्याब्लेट, क्याप्सुल, क्रिम, लोसन र सोलुसनलगायत ८५ बढी उत्पादन ३५ भन्दा बढी उत्पादन तथा वितरण गर्दै आएको छ।