काठमाडौं – त्रिवेणी राइस इन्डस्ट्री प्रा.लि.ले बजारमा नयाँ उत्पादन “अमृत भोग बासमती चामल“ ल्याएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि बजारमा “अमृत भोग बासमती चामल“ आइसकेको जानकारी गराएको हो । त्रिवेणी राइस इन्डस्ट्री प्रा.लि. अन्तर्गतका हाल बजारमा उपलब्ध अमृत भोग जिरा मसिनो , अमृत भोग सोना मन्सुली , नित्या जिरा मसिनो, नित्या सोना मन्सुली, र अमृत भोग सोनाम चामलजस्ता अत्यन्त सफल उत्पादनहरू पछि, आफ्नो नयाँ प्रिमियम उत्पादन—अमृत भोग बासमती चामल ९२० केजी०—नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको हो ।
काठमाडौंस्थित होटल अलफ्ट मा आयोजित कार्यक्रममा ३५० भन्दा बढी डिलरहरूको उपस्थिति थियो । अध्यक्ष श्री बीरेन्द्र कुमार संघइ र निर्देशक श्री साकेत संघइ ले संयुक्त रूपमा चामल सार्वजनिक गर्नुभएको थियो । त्रिवेणी राइस इन्डस्ट्री प्रा.लि.ले ९—कात्तिक २०८० बाट औपचारिक उत्पादन सुरु गरेको थियो र यसको फ्याक्ट्रि पर्सा, वीरगञ्जमा रहेको छ । करिब डेढ वर्षको छोटो अवधिमै कम्पनीले प्रिमियम राइस
सेग्मेन्टमा सशक्त उपस्थिति जनाउन सफल भएको छ। त्रिवेणी राइस इन्डस्ट्री प्रा.लि.ले ९—कात्तिक २०८० बाट औपचारिक उत्पादन सुरु गरेको थियो र यसको फ्याक्ट्रि पर्सा, वीरगञ्जमा रहेको छ । करिब डेढ वर्षको छोटो अवधिमै कम्पनीले प्रिमियम राइस सेग्मेन्टमा सशक्त उपस्थिति जनाउन सफल भएको छ।
कार्यक्रममा बोल्दै निर्देशक साकेत संघइ ले “ बजारमा उपलब्ध अन्य चामलको तुलनामा २० केजीको अमृत भोग बासमती
चामललाई प्रारम्भिक मूल्य रु. २ हजार ८ सय ५१ मा ल्याउँदा अत्यन्त खुशी रहेको बताउनु भयो । गुणस्तरमा कुनै सम्झौता नगरी ग्राहक आकर्षित गर्ने उद्देश्यले यो मूल्य निर्धारण गरिएको समेत उहाको भनाई छ । अघिल्ला उत्पादनहरू जस्तै, यो बासमती चामलले पनि डिलर र ग्राहकहरू दुवैको मन जित्नेमा विश्वस्त रहेको निर्देशक संघइको भनाई छ ।
यसका साथै निर्देशक श्री मोहित खण्डेलवाल ले थोक खरिदकर्ताहरूका लागि आकर्षक योजनाहरु घोषणा
गर्नुभयो, जसअनुसारः
१५० बोरा खरिद गर्दाः ५० लिटर एयर कूलर, माइक्रोवेभ ओभन, ३२ इन्च स्मार्ट टिभी, वा
भ्याकुम क्लिनर ९कुनै एक० प्राप्त हुनेछ।
— ३०० बोरा खरिद गर्दाः १९२ लिटरको फ्रिज वा भीभो ख्द्धण् लाइट मोबाइल ।
— ४५० बोरा खरिद गदाः ८ केजी वाशिङ मेसिन।
— ७५० बोरा खरिद गर्दाः १ टनको ए.सी.
— १०५० बोरा खरिद गर्दा ; डबल डोर फ्रिज वा ६५ इन्च स्मार्ट टिभी।
— २१०० बोरा खरिद गर्दा : रोयल इनफिल्ड हन्टर ३५० बाइक।
— ३१५० बोरा खरिद गर्दा : रोयल इनफिल्ड क्लासिक ३५० बाइक।
१५० बोरा खरिद गर्दाः ५० लिटर एयर कूलर, माइक्रोवेभ ओभन, ३२ इन्च स्मार्ट टिभी, वा
भ्याकुम क्लिनर ९कुनै एक० प्राप्त हुनेछ।
— ३०० बोरा खरिद गर्दाः १९२ लिटरको फ्रिज वा भीभो ख्द्धण् लाइट मोबाइल ।
— ४५० बोरा खरिद गदाः ८ केजी वाशिङ मेसिन।— ७५० बोरा खरिद गर्दाः १ टनको ए।सी ।
— १०५० बोरा खरिद गर्दा : डबल डोर फ्रिज वा ६५ इन्च स्मार्ट टिभी।
— २१०० बोरा खरिद गर्दा : रोयल इनफिल्ड हन्टर ३५० बाइक।
— ३१५० बोरा खरिद गर्दा : रोयल इनफिल्ड क्लासिक ३५० बाइक।
कम्पनीको गुणस्तर प्रतिबद्धतालाई अझ जोड दिँदै निर्देशक शुभम खण्डेलवाल ले “त्रिवेणी राइस इन्डस्ट्रीमा उच्च प्रविधियुक्त मेसिनहरूको प्रयोग गरेको, जसले गर्दा चामल कीटाणुरहित र सफा हुने साथै हामी सधैँ उत्कृष्ट गुणस्तरको उत्पादन प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम केवल नयाँ चामलको सार्वजनिकिकरण मात्र नभई, त्रिवेणी समूहका अन्य खाद्यान्न उद्योगहरूको गौरवपूर्ण इतिहास प्रस्तुत गर्ने अवसर पनि थियो। अन्नपूर्ण भेजीटेबल प्रोडक्ट्स प्रा.लि., स्थापना बि.स. २०४५ मा भएको, नेपालको एक प्रमुख खाद्य तेल उत्पादक हो, जसका प्रमुख ब्रान्डहरूमा अमृत सनफ्लावर आयल, अमृत तोरी तेल, सोयाबिन तेल, पाम आयल, रानी तोरी तेल, रानी हेल्थ सनफ्लावर आयल रहेका छन्, जुन दशकौंदेखि नेपाली घरपरिवारमा लोकप्रिय छन्। त्रिवेणी दल एण्ड आएल इन्डस्ट्रिज प्रा.लि., स्थापना बि.स.२०५१, मा भएको, अमृत मसुर दाल, अमृत मुंग दाल, अमृत मास दाल तथा अन्य थुप्रै प्रकारका दाल र गेडागुडि उत्पादन गर्दै आइरहेको छ । यी दुवै उद्योगहरूले त्रिवेणी समूहको खाद्यान्न डिभिजनको प्रमुख हिस्सा बनेका छन्, जसले देशभर उच्च गुणस्तर र शुद्ध उत्पादनहरू आपूर्ति गर्दै आइरहेका छन्। ५० भन्दा बढी कम्पनीहरू सहित, त्रिवेणी समूहले नेपाली खाद्य उद्योगमा नयाँ नयाँ मापदण्ड स्थापित गरिरहेको छ र भविष्यमा पनि नयाँ आयाम थप्न प्रतिबद्ध रहेको छ।