आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – ठूलो हिमपातका कारण डोल्पाको शे—फोक्सुण्डो गाउँपालिका ८ दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ ।
आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर सकुशल सदरमुकाम दुनै ल्याएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे—फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर थप अपर डोल्पाको यात्रामा हिँडेका भारतीय छ पर्यटकहरु केही दिनदेखिको हिमपातका कारण दानीगढमा फसेका थिए ।
फसेका पर्यटकहरुमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिहां, डिप्लिना विश्वास र राजेश डी रहेको उहाँले बताउनुभयो ।
पर्यटकहरुलाई हिजो आइतबार उद्धार गर्ने प्रयास भए पनि प्राविधिक समस्याका कारण हुन नसकेको उहाँको भनाइ छ ।