प्रहरीसँगको झडपपछि शिक्षक महासंघले आन्दोलनमा घुसपैठको आशंका व्यक्त

प्रहरीसँगको झडपपछि शिक्षक महासंघले आन्दोलनमा घुसपैठको आशंका व्यक्त

नेपाल शिक्षक महासंघले काठमाडाैंमा भइरहेको शिक्षक आन्दोलनमा घुसपैठ भएको आरोप लगाएको छ । आइतबार प्रहरीसँग शिक्षकहरूको झडप भएपछि महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका हुन् । 

उनले भने, 'हामी शिक्षक हौँ, लाठी छैन, केही छैन । यस्तो शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठ गराएर नांगोपना उदांगो भयो । सरकारले नांगो रूप देखायो ।'

उनले थपे, 'भोलि देशभरबाट अब थप शिक्षक आउने छन् । शिर झुकाउँदैनाैँ  डराउँदैनौँ ।'

खबरपाटी
खबरपाटी