काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले जबरजस्ती गरेर अहिलेको व्यवस्था नजोगिने चेतावनी दिएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले सरकार र दलहरूको जबरजस्तीले अहिलेको व्यवस्था नजोगिने बताएका हुन्।
उनले भने, ‘म आग्रह गर्न चाहन्छु, सबै राजनीतिक दलहरूले, हामीले संयमता अपनाऔँ। अब समस्या प्रणालीमै आयो। नेतृत्वको कुरा मात्रै होइन। तपाईंहरूले जबरजस्ती गरेर यो व्यवस्था जोगिनेवाला छैन।’
सरकारले लोकतन्त्रका नाममा निरंकुशता मच्चाइरहेको लिङ्देनले आरोप लगाए। सरकार र दलहरूले चैत १५ गते तीनकुनेमा भएको राजसंस्था पक्षधरको प्रदर्शनलाई ‘हिंसात्मक प्रदर्शन’को नाम दिएकोप्रति पनि उनले आपत्ति जनाए।
यदि त्यो हिंसात्मक प्रदर्शन थियो भने आन्दोलनकारीबाट एउटा लाठीसमेत किन बरामद भएनरु भन्दै उनले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरे।
उनले गृहमन्त्री लेखकलाई सोधे, ‘तपाईंहरूले एउटा भाष्य निर्माण गरिरहनुभएको छ, राजावादीको हिंसात्मक प्रदर्शन भनेर भनिन्छ। त्यो हिंसात्मक प्रदर्शन थियो भने, त्यो सुनियोजित रुपमा हिंसात्मक क्रियाकलापका लागि थियो भने आजसम्म तपाईंहरूले प्रदर्शनकारीहरूबाट एउटा लाठीसम्म किन पक्रन सक्नुभएनरु’
उनले तीनकुनेमा ७४६ राउण्ड अश्रुग्यास र २५० राउण्डभन्दा बढी गोली चलेको भन्दै प्रश्न गरे,’७४६ राउण्ड अश्रुग्यास चल्यो। अझै त्योभन्दा बेसी थियो भनेर भनिन्छ। त्यो पनि म्याद सकिएको अश्रुग्यास। त्यो के दुर्गा प्रसाईंले, रवीन्द्र मिश्रले र धवल शमशेरहरूले चलाएको होरु प्रदर्शनकारीहरूले चलाएकोरु विभिन्न तहका गोलीहरू २५० राउण्डभन्दा बेसी त्यहाँ प्रहर गरिएको छ। त्यो कति राउण्ड प्रदर्शनकारीबाट भएको होरु’
यस्तै, उनले घर छिर्दै गरेका रेविका खत्रीका दाजुबहिनीमाथि गोली प्रहार र घर फर्किँदै गरेका सविन महर्जनलाई कसले मारेको होरु भन्दै गृहमन्त्री लेखकलाई प्रश्न गरे।
‘घरको ढोकाबाट छिर्दै गरेको, प्रदर्शन क्षेत्रबाट कैयौँ किलोमिटर पर र प्रदर्शनसँग कुनै सम्बन्ध नरहेका रेविका खत्री र उसको दाजुलाई कसले गोली हानेको होरु र घर फर्किँदै गरेका सविन महर्जनलाई कसले मारेको होरु,’ उनले सोधे।
यदि सरकार प्रजातन्त्रको पक्षमा छ भने रवीन्द्र मिश्रलगायतलाई रिहा गर्न उनले आग्रह गरे। उनले भने, ‘म गृहमन्त्री ज्यूलाई भन्न चाहन्छु, तपाईं प्रजातन्त्रको पक्षमा हुनुहुन्छ, न्यायको पक्षमा हुनुहुन्छ भने रवीन्द्र मिश्रलगायतका मानिसहरूलाई छाड्नुस्। र न्यायकि आयोग गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुस्।’