बिहीबार ७५ सयले घटेको सुनको भाउ आज बढ्यो

बिहीबार ७५ सयले घटेको सुनको भाउ आज बढ्यो

काठमाडौं ।  हिजो एकैदिन ७५ सयले घटेको सुनको भाउ बिहीबार सामान्य बढेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो ।


हिजो १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुने । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो।

खबरपाटी
खबरपाटी